बहुप्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’को दशौं शृंखलाले औपचारिक शीर्षक घोषणा भएको छ । निर्माता तथा अभिनेता भिन डिजेलले इन्स्टाग्रामबाट फिल्मको शीर्षक र लोगो सार्वजनिक गरेका छन् ।

दशौं संस्करणको नाम ‘फास्ट एक्स’ राखिने जनाईएको छ । सन् २०२३ को मे १९ मा रिलिज मिति तोकिएको यो फिल्मलाई लिएर विश्वव्यापी पर्खाइ छ । ‘एफ-९’ रिलिज भएको दुई वर्ष नहुँदै फिल्मको दशौं सिक्वेल रिलिज हुन लागेको हो ।

सन् २०२४ यो ‘फास्ट एण्ड फ्युरियस’को अन्तिम वर्ष समेत हुने जनाइएको छ । यी दुवै फिल्मलाई जस्टिन लिनले निर्देशन गर्नेछन् भने यसमा भिन डिजेल, मिसेल रोड्रिग्युज, जेसन मोमोआ, जोर्डना ब्रिवेस्टर, टाइरिस गिब्सन र लुडाक्रिस मुख्य भूमिकामा छन् ।

Share.

Comments are closed.