फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको  छ।    

एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीशद्वारा उक्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।  प्रहरीले आरोपित बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताएको छ । 

उक्त घटनामा मारिनेहरूमा दक्षिणी प्रान्त बासिलानको पूर्व मेयर रोज फुरिगे र उनकी छोरीलगायात रहेको बताइएको छ ।   फुरिगेका कार्यकारी सहायक र विश्वविद्यालयका सुरक्षा गार्ड पनि सो घटनामा मारिएको बताइएको छ। 

“हामी यस घटनाबाट अत्यन्तै विचलित भएका छौँ र शोकमग्न छौं,” स्थानीय सरकारी इकाईका मेयर जोय बेलमोन्टेले एएफपीलाई बताएका छन् ।   

फिलिपिन्समा बन्दुक राख्न पाउँने बारे खुकुलो नियम भए पनि विद्यालय र विश्वविद्यालयमा गोली चल्ने घटना  भने  कमै हुने गरेका छन् ।  तर चुनावका समयमा राजनीतिकर्मी हरू माथि भने यस्ता हत्याका घटनाहरू  हुने गर्दछन् । 

Share.

Comments are closed.