दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ बिहीबारदेखि ललितपुरमा सुरु हुनेछ । महोत्सवको १३ औं संस्करणमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन् ।

भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हुने भएको छ । उद्घाटनमा पनि गायिका सोना उपस्थित हुने भएकी छन् ।

‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो, जसलाई भारतीय समाज चुनौतीको रुपमा लिन्छ । फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिनेछ ।

Share.

Comments are closed.