फोटोन टुनल्याण्डको नयाँ भर्सन नेपाली बजारमा आउने भएको छ । टुनल्याण्ड ई प्लस गाडी केही समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले बताएको हो ।

गाडीको विशेषताबारे कम्पनीले अहिले धेरै खुलाएको छैन । तर पावर, लुक्स र पफर्मेंसमा जब्बर गाडी आउने जनाईएको छ । कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिने बताईएको छ ।

उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि पहिलाभन्दा धेरै दिने कम्पनीले जनाएको छ ।

Share.

Leave A Reply