झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

अनमोल केसी र सुहाना थापा अभिनित फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्‍यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ ।

३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

साउथको फिल्म ‘केजीएफ : च्याप्टर २’ले तीन दिनमा झन्डै ६ करोड ग्रस कलेक्सन गरेको छ । नेपाली फिल्म बजारमा सोज संख्या र सोज समयमा रेकर्ड ल्याएको यश अभिनित कन्नड फिल्मले आगामी एक सातासम्म दबदबा कायमै राख्ने अनुमान गरिएको छ।

Share.

Comments are closed.