आज बिहिबार १७.६४ अंकले घटेर ०.८५% गिरावटको साथ नेप्से परिसूचक २०६२.८१ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये ३१ कम्पनी उकालो लागेका छन्, १६० कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएको १ उप-समुह बाहेक अरु १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

बजार पुँजीकरण घटेर २९ खर्ब ३८ अर्ब पुगेको छ।
प्रमुख कारोबार




प्राविधिक विश्लेषण
प्राविधिक विश्लेषण सूचक
१. बोलिन्जर ब्याण्ड

आज बोलिन्जर ब्याण्डको अपर र लोवर ब्याण्डको अन्तर बढेको विश्लेषणले देखाउँछ (आजको फरकः३७९) जसले बजारमा भोलाटाइलिटी केही बढेको इङ्गित गर्दछ। बजार आज लोवर ब्याण्ड भन्दा माथि २०६२.८१ मा बन्द भएको छ। आज बजारको अन्तिम समयमा बिक्रीकर्ता हावी भएको देखिन्छ।
२. मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स विश्लेषणले एमएसिडि लाइन बढेर जिरो लाइन भन्दा तल -७८.४५ मा आएको देखिन्छ। हिस्टोग्राम बढेर नेगेटिभ ६.८८ मा आएको छ। एमएसिडी लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर तल निरन्तर गईरहेको थियो तर हिजोबाट माथि फर्किन थालेको थियो। आज फेरी माथि फर्किने मोमेन्टम घटेको छ। सिग्नल लाइन घटेर जिरो लाइन भन्दा तल – ७१.५७ मा आएको छ। समग्र मुभिङ्ग एभरेजलाई हेर्दा बजारमा आज खरिदको मोमेन्टम घटेको देखिन्छ।
३ .डाइरेक्सनल मुभमेन्ट

डाइरेक्सनल मुभमेन्ट इन्डिकेटरका अनुसार आज +१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइन पनि माथितर्फ बढीरहेको थियो तर आज अलि सिधा भई तल फर्किनआँटेको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको थियो तर हिजोबाट माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद घटेको जनाउँछ।
४. क्यान्डलस्टिक
आज नेप्सेले बियरिश इन्भर्टेड ह्याम्मर क्यान्डल बनाएको छ जसले बजारमा बुलिश रिभर्सलको सङ्केत गर्छ।
५. क्युमुलेटिभ एडी लाईन

क्युमुलेटिभ एडी लाइन -५७४८ देखि घटेर –५८७७ मा आएको छ।
नेप्से आज लोवर ब्याण्डभन्दा माथि २०६२.८१ मा क्लोज भएको छ। एमएसिडी लाइन जिरो लाइन भन्दा तल – ७८.४५ मा आएको छ र सिग्नल लाईन पनि जिरो लाइन भन्दा तल –७१.५७ मा देखिएको छ भने हिस्टोग्राम हिजोभन्दा बढेर –६.८८ मा पुगेको छ जसले बजारमा बिक्रीकर्ता हावी भएको देखाउँछ।
+१४ डिएमआई लाइन माथि र -१४ डिएमआई लाइन तल फर्किएको छ। सिग्नल लाइन पनि माथितर्फ बढीरहेको थियो तर आज अलि सिधा भई तल फर्किनआँटेको छ। +१४डीएमआई लाइनले माथिबाट सिग्नल लाइनलाई क्रस गरेर निरन्तर तल गईरहेको थियो तर हिजोबाट माथि फर्किएको छ। आज – १४ डिएमआई लाइन तल फर्किने मोमेन्टम घटेको छ जसले बजारमा खरिद घटेको जनाउँछ। आज आरएसआइ ३२.८६ बाट घटेर ३१.४४ मा पुगेको छ जसले आरएसआइको मोमेन्टम घटेको र बजार ओभर सोल्ड जोनमा बसेको जनाउँछ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १९८० को एरिया देखिन्छ भने नेप्सेको नजिकको अवरोध २२५० को एरिया रहेको देखिन्छ।#nepsetech