नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटले सेयर बजारमा नयाँ तरंग ल्याउनुपर्ने बताएका छन् । सर्वसाधारणको करोडौं रकम फसेको भन्दै आगामी बजेटले सेयर लगानीकर्तामा नयाँ आयाम ल्याउनुपर्ने बताए।

“बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस् । पूँजी बजारमा धेरै नेपालीको लगानी डुबेको छ । एक तिहाई पूँजी पलायन भएको छ । बैंकमा तरलता अभावको कारणले ७ प्रतिशतको हाराहारीमा रहेको ब्याजदर १५ प्रतिशत पुग्न लागिसकेको छ,” उनले भने ।

संसदमा भइरहेको आगामी बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा भाग लिँदै उनले सरकारी कोषमा रहेको ५०० अर्ब पैसा बजारमा पठाउन सक्नुपर्ने बताए ।

Share.

Comments are closed.