साउथ स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ का मुख्य भिलेन सुनिल बलिउड डेब्यु गर्ने भएका हुन् । धेरै फिल्ममा कमेडियनको भूमिका निर्वाह गरेका उनी ‘पुष्पा’ मा भने रक्त चन्दन तस्कर ‘मंगलम श्रीनु’ को भूमिकामा देखिएका थिए । सुनिलले अहिले बलिउडका दुईवटा अफर साइन गरेका छन् ।

‘पुष्पा’ को सफलतापछि उनलाई बलिउडका धेरै अफर आए पनि तीमध्ये दुई मात्र साइन गरेका हुन् । हालै एक मिडियासँगको अन्तर्वार्तामा सुनिलले आफूलाई तमिल र कन्नड फिल्मका समेत अफर आइरहेको बताएका छन् । ‘पुष्पा’ बाट सुनिल संसारभर चर्चा छाउका छन् । फिल्ममा रहेको उनको भूमिका दर्शकले रुचाएका छन् । सुनिल पहिलो पटक एसएस राजामौलीको ‘मर्यादा रमन्ना’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।

धेरै फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेका उनको ‘मर्यादा रमन्ना’ २०१० मा रिलिज भएको थियो । उनले धेरै फिल्ममा पनि महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । सुनिलले खलनायकको रुपमा अभिनय गरेको सबै फिल्म सुपरहिट भएको छ । जसमा ‘कलर फोटो’, ‘डिस्को राजा’ र ‘पुष्पा’को नाम आउँछ ।

Share.

Comments are closed.