नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बलेफी हाइड्रोको आइपीओ सुचिकृत भएको छ । कम्पनीको संस्थापकतर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित स्थानीयको १८ लाख २७ हजार ९७० कित्ता र सर्वसाधारणतर्फको १८ लाख २७ हजार ९७० कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेले कम्पनीलाई बिएचएल सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९३ रुपैयाँ ६४ पैसादेखि अधिकतम २८० रुपैयाँ ९२ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेञ्ज तोक्ने गरेको छ । सेयर सुचिकृतभएसँगै आज बुधबारबाट कम्पनीको सेयर कारोबार गर्न सकिन्छ ।

Share.

Comments are closed.