बहुपयोगी तरकारी लौका लहरामा फल्छ। विश्वका प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ ।

गर्मी मौसम सुरु भएसँगै बजारमा पाइने लौका बिशेष गरी तरकारीका रुपमा प्रयोग हुने गर्दछ । यसलाई जुस पनि बनाएर पिउन सकिन्छ, जुन हाईड्रेसन तथा स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ ।

लौकाले गर्मीको थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम यसले गर्छ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सरजस्तो रोगविरुद्ध लड्नको लागि पनि लौकाले सहयोग पुर्याउँछ।

अहिले बजारमा सजिलै पाइने तरकारीहरुमध्ये लौका पनि एक हो । गर्मी महिनामा पाइने सिजनल तरकारी लौकाका फाइदाहरुबारे हामी सायद अनभिज्ञ छौँ की ! के हुन सक्छन् यसका फाइदाहरु ? जानौँ है त !

  • नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।
  • लौकामा रहेको न्यूटेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
  • लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भोक लाग्बाट रोक्छ ।
  • कब्जियत तथा एसिडिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।
  • लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
  • यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
  • लौकाको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
Share.

Comments are closed.