सिकर्मीको टोली एउटा पिपलको रुख नजिकै मन्दिर बनाउने काम गरिरहेको थियो । सिकर्मीहरू आफ्ना औजार र सामग्रीहरू त्यहीँ छोडेर विश्राममा गर्न गए। त्यही समयमा बाँदरको एउटा समूह त्यस स्थानमा आएर औजार र सामग्रीसँग खेल्न थाले ।

एउटा बाँदरले एउटा ठूलो काठ भेट्टायो जसलाई सिकर्मीले आधा चिरेर छोडेका थिए । उक्त चिरिएको भागलाई अड्याउनको लागि सिकर्मीले त्यहाँ एउटा काठको टुक्रा राखेका थिए ।

जिज्ञासु बाँदर चिरा भित्र बस्यो र त्यो काठको टुक्रा हटाउन अथक प्रयास गर्यो। धेरै मिहिनेत पछी उसले त्यो टुक्रा त हटाउन सफल भयो । तर चिरा तुरुन्तै बन्द भयो र बाँदरको पुच्छर त्यहीँ च्याँपियो। पीडा सहन नसकी त्यो बाँदर त्यहीँ वेहोश भएर पल्टियो ।

नैतिक पाठ: अरूको व्यवसायमा हस्तक्षेप गर्दा राम्रो भन्दा बढी हानि नै हुन्छ।

Share.

Comments are closed.