एकपटक एउटा स्याल एउटा गाउँको छेउबाट गइरहेको थियो। त्यहाँ उसले दुईवटा बलिया बाख्रालाई आपसमा लडिरहेको देख्यो।

बाख्राहरूलाई लडाई हेरी हर्षोल्लास गरिरहेका मानिसहरूले घेरेका थिए। लडाइको केही मिनेटमा, बाख्राहरूको शरीरमा चोट लाग्यो र रगत बग्न थाल्यो। उक्त स्याल रगतको गन्धमा तानिएको थियो । उसले बाख्राको मासुको स्वाद लिन चाहन्थ्यो।

एक्कासी त्यो स्याल केहि नसोची बाख्राहरूमाथि जाइलाग्यो । तर, ती दुई बाख्राहरु स्यालभन्दा बलिया थिए र निर्दयतापूर्वक त्यसलाई सिङ्ग धसेर मारे।

नैतिक पाठ: कार्य गर्नु अघि परिणाम सोँच्नुपर्छ । होइन भने दु:ख सिवाय अरु केहि पाइन्न ।

Share.

Comments are closed.