अभिनेत्री तथा नेकपा एमाले नेत्रृ करिस्मा मानन्धरले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने बताएकी छन् । जनताले आफ्नो भविष्य देखेको तिर नै मत दिने धारणा उनको रहेको छ ।
सामाजिक संजालमा एक लामो पोष्ट गर्दै अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई समेत दिएकी छन् । उनले साह र डङ्गोल काठमाडौं बासीको रोजाई भएको समेत बताएकी छन् ।
“मेरो विचारमा सबै लोकतान्त्रिक विचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ,” उनले थपिन्, “युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो ।”