क्रिप्टोकरेन्सी बिटकोइन १८ महिना यताकै न्यून मूल्यमा झरेको छ । पछिल्लो केहि दिनयता निरन्तर गिरावट भएको बिटकोइन सोमबार पनि घटेर २५ हजार डलर भन्दा तलमा कारोबार भएको थियो । सोमबार बिहान लण्डनमा करिब १० प्रतिशतले बिटकोइन घटेर २४ हजार ६९२ डलर आसपासमा कारोबार भएको थियो । बिहिबार झन् धेरै घटेर यसको मूल्य २१००० डलर आसपास रहेको थियो। यो मूल्य सन् २०२० को डिसेम्बर यताको तल्लो स्तर हो ।

कोइनडेस्कमा बिटकोइन २३ हजार ५७०.३० डलरमा झरेको छ । २४ घण्टाको तुलनामा यो १३.८४ प्रतिशतले गिरावट हो । यस आधारमा बिटकोइनको बजार पूँजीकरण ४५७.७२ बिलियन डलर रहेको छ । बिटकोइनको हालसम्मको उच्च स्तर ६८ हजार ९९० डलर रहेको थियो ।

बिटकोइन मात्र नभएर विश्वका अधिकांश क्रिप्टोकरेन्सीको मूल्यमा पनि गिरावट आएको छ । इथेरियम हाल एक हजार २०६.५२ डलर रहेको छ । यो क्रिप्टोमा १७.४१ प्रतिशतको गिरावट आएको हो। यसैगरी एक्सआरपी ११.२६ प्रतिशतले र डजकोइन क्रिप्टोकरेन्सी पनि १७.८४ प्रतिशतले गिरावट भएको छ ।

Share.

Comments are closed.