राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताए । उक्त प्रदर्शनी तथा टी टेस्टिङ असार ३ र ४ गते हुने जनाइएको छ ।

उक्त कार्यक्रममा चिया टेस्ट गर्ने व्यवस्था पनि गरिएको जनाइएको छ । यस प्रदर्शनीले स्वदेशी चिया व्यवसाय उत्थान गर्न मद्दत मिल्ने आशा गरिएको छ ।

Share.

Comments are closed.