बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ । 

हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।

विश्वासको मत हासिल गर्न असफल भए जोन्सनले पद गुमाउनेछन् । उनलाई प्रधानमन्त्री पदबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० जना सांसदमध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ ।

Share.

Comments are closed.