आजकल बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम कर्जा माग गरिरहेका व्यापारीहरु बीमा कम्पनीहरुमा जाने गरेका छन् । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा नाघि सकेपनि ऋण बिस्तारको तुलनामा निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुले अहिले ऋणीलाई नै निक्षेप संकलनको लागी गुप्त एजेण्टको रुपमा प्रयोग गरिरहेका छन् । यसलाई मार्केटिंगको भाषामा ‘गुरिल्ला मार्केटिंग’ भन्ने गरिन्छ।

व्यापारीहरुलाई व्यक्तिगत सम्बन्धको प्रयोग गरेरै वा अन्य जुनसुकै माध्यमबाट बीमा कम्पनीहरु , त्यसमा पनि जीवन बीमा कम्पनीहरुबाट मुद्दती निक्षेप ल्याउन बैंकरले दबाब दिइरहेका छन् ।

नयाँ मुद्दती निक्षेप संकलन गर्न वा पुरानै निक्षेप नविकरण गर्नको लागी ऋणीलाई बीमा गराउनै पर्ने बाध्यतामा पारिरहेका छन् । ब्यांकासुरेन्स सेवा मार्फत् जबरजस्ती बीमालेख बिक्री गरेर बीमावापतको कमिशन प्राप्त गर्दै आएका बैंकरले अहिले पुनः पुरानै प्रवृति दोहोर्‍याएका हुन् ।

तर अभिकर्ताको रुपमा बैंकलाई अघि नसारेर कुनै व्यक्तिको नाममा जारी भएको अभिकर्ता कोडमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले कमिशन रकमबाट लाभ लिइरहेका छन् ।

Share.

Comments are closed.