वाणिज्य बैंकहरुको चैत्र मसान्तसम्मको रिपोर्टले आधार दर (बेस रेट) वृद्धि भएको देखिएको छ । सनराइज बैंकको आधार दर १०.११ प्रतिशत र मेगा बैंकको १०.१० प्रतिशतमा उक्लिएको छ । पुसमा यी बैंकको ८.९४ र ८.७७ प्रतिशत मात्र थियो। अधिकांशको बेस रेट दोहोरो अंकको नजिक पुगेको देखिएको छ ।

नौ प्रतिशतमाथि बेस रेट हुने बैंकहरुमा सानिमा, नेपाल बंगलादेश, नेपाल एसबीआइ, एनसीसी, प्रभु, एनआइसी एसिया, हिमालयन, सिद्धार्थ, सेञ्चुरी, माछापुच्छ्रे, लक्ष्मी, प्राइम, सिटिजन्स, कुमारी बैंक र सिभिल बैंक रहेका छन्। बाँकी बैंकको बेस रेट ९ प्रतिशत भन्दा तल देखिन्छ ।

Share.

Comments are closed.