बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशतमुनि झरेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ २२ गते बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत भन्दा तल झरेको छ। यो दिन औसत सीडी रेसियो ८९.९९ कायम भएको छ। जेठ २१ मा पनि औसत सीडी रेसियो ९० प्रतिशत मुनि ८९.९६ कायम भएको थियो।

जेठ २२ मा बैंकहरुको कुल निक्षेप अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ।

यस्तै बैंकहरुको कर्जा लगानी पनि अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँले घटेर ४७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ।

Share.

Comments are closed.