नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा विगतको तुलनामा बैंकिङ कसुरका घटना बढ्दै गएको देखिन्छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना दर्ता भएका थिए ।

पछिल्लो समय चेक बाउन्सले नै बैंकिङ कसुरका घटना बढाएको पाइएको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका १ बस्ने श्याम बहादुर दर्जी भन्ने ४८ वर्षीय श्याम बहादुर थापा यहि साउन ११ गते मात्रै प्रहरीले पक्राउ गर्यो ।

उच्च अदालत पाटनको गत असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख १९ हजार ७ सय ५० रूपैयाँ जरिवाना ठहर भएपछि उनी फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले चन्द्रगिरी नगरपालिका २ बलम्बुबाट पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा प्रयाप्त मौज्दात रकम नभएको भन्ने जानी जानी सानिमा बैंक लिमिटेड नयाँबजार शाखा कार्यालय काठमाडौंमा रहेको उनको खाताबाट रकम भुक्तानी हुने भनि पीडितलाई झुक्यानमा पारेका थिए ।

चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । यसअघि साउन १० गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका १७ घर भएकी ४२ वर्षीया निशा गुरुङ्लाई पक्राउ परेकी थिइन् ।

उच्च अदालत पाटनको २०७९ बैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका ६ टोखाबाट पक्राउ गरेको हो । गुरुङले कुमारी वैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

यस्तै साउन ८ गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुटवल उपमहानगरपालिका ११ घर भई हाल काठमाडौं टोखा बस्ने ३४ वर्षीय कृष्ण बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उच्च अदालत पाटनको २०७७ जेठ २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख २० हजार रूपैयाँ जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका शाहीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले रुपन्देही सैनामैना नगरपालिका दुधराक्षबाट फेला पारी पक्राउ गरेको हो ।

शाहीले २०७५ चैत्र ०५ गते एनसिसि बैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला ठहर गरेको थियो ।

यि त केहि उहाहरण मात्रै हुन् तर पछिल्लो समय चेक काउन्सकै कारण पक्राउ पर्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आँकलन छ ।

प्रस्ट कानुन नभएकाले विगतमा चेक बाउन्सका थोरै मात्र घटनामा प्रहरीले बैंकिङ कसुर अपराधमा अनुसन्धान गर्दथ्यो । तर, पछिल्ला वर्ष चेक बाउन्स प्रहरी कार्यालयमा सर्वाधिक उजुरी पर्ने मुद्दा बन्न पुगेको छ । धेरैजसो देवानी प्रकृतिको लेनदेनसँग सम्बन्धित हुने भए पनि प्रहरीमार्फत जाँदा प्रभावकारी हुने भएकाले धेरै सर्वसाधारण बैंकिङ कसुरअन्तर्गत उजुरी गर्दछन् । यस्तो अपराधमा पीडित सीधै चेक अनादरको कसुरमा अदालत पुग्न सक्ने प्रावधान पनि छ ।

सीआईवीका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको बताउँछन् । उनले भने,‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’

बैंकिङ कसूरको घटना ३ वर्ष पहिलाको र अहिलेको संख्या हेर्ने हो भने दोव्वर बढेको उनी बताउँछन् । १० वर्ष पहिला बैंकिङ कसूरको घटना १० प्रतिशत मात्र हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो छ ।

अब फाइनान्सियल क्राइमको घटना बढ्छ त्यहाँ चेक बाउन्स घटना बढी छ । उनी भन्छन्, ‘हामीले चेक बाउन्सको फैसला कार्यान्वयन मात्र हेर्ने हो । सीआईबीमा भएको आठ ओटा पिल्लरमध्ये एउटा डेडीकेटेड पिलर छ । त्यस पिल्लरको काम भनेको फरार भएका अपराधीहरुलाई अदालतमा लगेर बुझाउने काम हो ।’

Share.

Comments are closed.