बैंकिङ कसूर तथा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १० अनामनगरबाट पक्राउ गरेको हो । उनले विभिन्न आठ जनालाई प्रलोभनमा पारी ७ करोड १३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको छ ।

Share.

Comments are closed.