भोकाएको सिंह खानाको खोजीमा जंगलमा हिँडिरहेको थियो । साँझ भैसकेको थियो तर सिंहले शिकार गर्ने एउटा पनि जनावर भेट्टाउन सकेन। सिंहले एउटा गुफा भेटाएपछि त्यहीँ कुरेर बस्ने निर्णय गर्यो। सिंह त्यहाँ बस्ने जनावर सूर्यास्त पछि फर्केर आउने प्रतीक्षामा बस्यो। ऊ छिट्टै गुफाभित्र पस्यो र लुक्यो ।

त्यो गुफा स्यालको थियो । स्यालले गुफा प्रवेश गर्दा सिंहको पञ्जाको छाप देख्यो। ऊ तुरुन्तै पछाडि हट्यो र सिंह साँच्चै आफ्नो गुफा भित्र छ कि छैन भनेर जान्न खोज्यो। स्यालले सिंहलाई झुक्याउने योजना बनायो। उसले गुफालाई सोध्यो, ” ए ! गुफा रानी ! म भित्र आउँ कि नाइँ ? तिमीले नबोलाएसम्म म आउँदिन !” उसले बारम्बार एउटै कुरा सोधिरह्यो र जवाफ नआएसम्म गुफामा प्रवेश गर्न अस्वीकार गर्यो।

सिंह आफ्नो शिकार टाढा जान्छ कि भन्ने डरले, गुफा जस्तै बोलेर भन्यो, ” आउ, स्याल बाबु भित्र आउ।” सिंहले जवाफ दिने बित्तिकै स्याल कहिल्यै नफर्किने गरी त्यहाँबाट टाप कस्यो ।

नैतिक पाठ: बुद्धिमत्ताले तपाईंलाई शत्रुहरूबाट बचाउन सक्छ।

Share.

Comments are closed.