—डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक तथा प्रवक्ता,नेपाल राष्ट्र बैंक

नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्षपनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ । कोभिडपछि विश्व अर्थतन्त्र रिकोभरीको बाटोमा गएको थियो । रसिया–युक्रेनको युद्धको कारणले नेपालमात्रै नभएर ईस्ट एसियाका मुलुकमा प्रभाव देखिएको छ ।

एउटा म्यानुफ्याक्चरिङ सेक्टरमा, कच्चा पदार्थको आपुर्ति प्रभावित भएको छ । कच्चा पदार्थको परीमाणमा त्यस्तो धेरै ठूलो असर नभएपनि, त्यसको केही संवेदनशील वस्तु छन्, कार उत्पादनको लागि चाहिने त्यसमा प्रभाव परेको छ । सप्लाई चेनलाई समस्या परेको छ । अन्तर्राष्ट्रियस्तरमा यो सेक्टर प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको छ ।

‘मुद्रा स्फितीमा समस्या छ’

नेपालको मुद्रा स्फितीमा पनि समस्या परेको छ । अहिले सार्वजनिक मुद्रा स्फितीमा दबाब परेको छ । चाप परेको छ । अमेरिकामा मुद्रा स्फिती २ प्रतिशत भैरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको ईन्फ्लेशन ८ देखि १० प्रतिशत पुग्छ कि भन्ने आँकलन आईरहेको छ । विकसित मुलुकपनि अहिले मूल्यवृद्धिको चापमा परेका छन् । उनीहरु विदेशी मुद्रा स्फितीको चापमा परेका छन् । किनभने म्यानुफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको छ ।

विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलंका र पाकिस्तान जस्तो मुलुकहरु विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौं । अर्थतन्त्र चलाउने कुरामा चूनौती थपेको छ । मुदा मुद्रा स्फितीको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामीकहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ । उद्योगहरुको कञ्चा पदार्थको आपुर्ति हुन सकेको छैन् । विदेशी विनिमय सञ्चिती गत वर्षभन्दा उल्लेखनीय घटेको हो । गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ ।

अहिले साँढे ६ महिना धान्नसक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढि गएको छ । यो भनेको विदेशी विनिमय सञ्चितीमा दबाब हो । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट अयो ? भन्ने कुरा हेर्द शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको छ ।

यो भनेको विनिमय सञ्चिती घटेको हो । भोलि खाद्यान्न, औषधीहरु आयातमा प्रभावित हुँदैन त ? भन्ने चिन्ता बढेको छ । विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्र बैंकले पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ ? सुन-चाँदीको आयात रोकौं । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधी नै किन्न पनि समस्या हुनसक्छ ।

गत वर्षमात्रै नेपालले ५० अर्बको चामल आयात गर्यो । वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको छ । ८ महिनामा हेर्दा करिब २७ अर्बको तरकारी आयात गरेका छौं । यही ८ महिनाको अवधिमा करिब १६ अर्बको फलफूल आयात गरेका छौं । यी भनेका हाम्रा जीवनका अत्यावश्क वस्तु हुन् ।

भोलि आन्तरिक रुपमा आत्मनिर्भर हुन्छौं होला, त्यो अर्को कुरा हो, भोलि औाषधीलगायतका अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्छ । अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको छ । विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्छ ।

‘वस्तु, सेवा र कर्जाको माग बढेको छ’

आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएका छन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन् । अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ ।

यो वर्षको ८ महिनाको तथ्यांक हेर्दा साँढे १६ अर्ब आएको छ । गत वर्ष १९ अर्बमात्रै आएको छ । यो आर्थिक वर्षको ८ महिनामा १६.५ अर्ब आएको छ, यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्वपूर्ण स्रोत हो । श्रीलंकाको आन्तरिक र बाहृय ऋण जिडीपीको ११७ प्रतिशत ऋण छ, हामीसँग तुलना हुँदैन् ।

वैदेशिक रोजगारीको अवस्था हेर्दा, रेमिट्यान्सको आधार पक्कै हो । त्यसले के संकेत गरेको छ भने भोलि नेपालको रेमिट्यान्स राम्रै हुन्छ । अर्थतन्त्रको पक्ष सकारात्मक छन् । समन्वयात्मक ढंगले काम गर्ने हो भने अर्थतन्त्रमा देखिएको चूनौति क्रमिक रुपमा समाधान गर्न सक्छौं ।

कतिपय वैदेशिक ऋण सहयोगलगायत विदेशी विनिमय सञ्चितीका स्रोतलाई पहिल्याउन सकियो भने नेपालको अर्थतन्त्र सही बाटोमा जान सकिनेछ ।

नेपाल राष्ट्र बैंकले करिब ५४ खर्ब स्थायी तरलता सुविधा पटक–पटक दिएकै हो । अहिले पनि हेर्ने हो २ खर्ब भन्दा बजारमा लगानी रहेको देखिन्छ । तीन खर्ब जति प्रत्येक दिन तरलताको लागि दिएको छ, तर तरलतामा दबाब छ । नभएको होईन् । विस्तारै अब सुधार आउनसक्छ ।

बैंकको ब्याजदरमा केही दबाब

बैंकको ब्याजदरमा केही दबाब छ भन्ने छ । तरलतामा दबाब बढ्ने बित्तिकै आपूर्ति र मागको पक्षमा ग्याप देखियो । त्यसको कारणले पनि ब्याजदर माथि गएको हो । हाम्रो उद्देश्य के हो भने ब्याजदर स्थायित्व कायम हुनुपर्छ । यसको लागि हामीले केही कदम पनि चालेका छौं ।

पूर्वाधारको विकासमा खर्च गर्नुपर्छ । राष्ट्र बैंकले जबरालाई दिन खोजेको सन्देश भनेको अर्थतन्त्रमा विशेषगरि बाहृय क्षेत्र व्यवस्थावपनमा केही दबाब छ, यसको लागि हामीले नैतिक दबाबले पनि काम गर्नुपर्छ । अब कोभिडको बेलामा लिएको मेजर्सलाई रिभ्यु गर्छौं ।

Share.

Comments are closed.