कुनै समयको कुरा हो, एक गरिब ब्राह्मण बिना साथी र आफन्त एउटा गाउँमा बस्थे।उनी कन्जुस थिए र जीविकोपार्जनको लागि भिक्षा माग्ने गर्दथे।

एक दिन, उनले एक उदार व्यक्तिबाट चामलले भरिएको भाँडो पाए। उनले माटोको भाँडो भित्तामा झुण्ड्याए र त्यसलाई हेर्दै सुते। उनी गहिरो निद्रामा गए र अनिकाल परेको सपना देख्न थाले । सपनामै उनले आफ्नो चामलको भाँडो एक सय सुनको सिक्कासँग साटे।

उनले त्यो पैसाले एक जोडी बाख्रा तथा गाई किनेको र दूधको व्यापार गरेर धेरै पैसा कमाएको सपना देखे । उनले यो पनि देखे कि एक धनी व्यापारीले आफ्नी छोरीको हात उनलाई दिएको छ । साथै उनको बच्चा भएको पनि देखे। सपनामा उनी घरमै आराम गरिरहेका थिए । त्यहीबेला, केटाकेटीहरूको समूह उनलाई जिस्काउन आयो। तिनीहरुलाई तर्स्याउन उनले निद्रामै नजिकैको लट्ठी उठाए र वरिपरि हल्लाउन थाले।

भाँडा खसेको आवाजले ब्राह्मण एक्कासी ब्युँझिए । उनलाई हात र खुट्टामा चामल टेकेको महसुस भयो। उनले त्यस दिनको एकमात्र खाना नष्ट गरेका थिए । उनलाई आफ्नो कार्यप्रति पश्चात्ताप भयो।

नैतिक पाठ: हावामा महल बनाउने काम धेरै बेर टिक्दैन।

Share.

Comments are closed.