ब्रिटिस गोर्खा र सिंगापुर पुलिसको नयाँ भर्ना यही चैत २१ गतेबाट सुरु हुने भएको छ।

यो भर्ना २०२३ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा गर्न लागिएको हो। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

अनलाइनमार्फत आवेदन दिएकामध्ये उम्मेदवारहरुको पहिलो चरणको छनौट ब्रिटिस गोर्खा पोखरा र ब्रिटिस क्याम्प धरानमा आउँदो जेठ ९ गतेदेखि साउन १३ गतेसम्म र सुर्खेत (एडब्ल्यूसी भेरी) मा जेठ ९ गतेदेखि असार ५ गतेसम्म सञ्चालन हुनेछ।

गोर्खा भर्तीका लागि न्यूनतम एसएलसी/एसईई उत्तीर्ण भएको हुनुपर्नेछ। दुवै ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनका लागि अंग्रेजी र गणितमा सी ग्रेडिङ प्रणाली अनिवार्य हुनुपर्नेछ।

सन् २०२३ जनवरी १ सम्म कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ। उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ।

Share.

Comments are closed.