महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टरले एसपी प्लस ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । उन्नत ईएलएस (एक्स्ट्रा लङ्ग लामो स्ट्रोक) डीआई इन्जिनद्वारा सञ्चालित ३० एचपीदेखि ५० एचपी सम्मका श्रेणीका यी ट्र्याक्टर शक्तिशाली रहेको कम्पनीले बताएको छ ।

यस ट्रयाक्टरमा चार हर्सपावर प्वाइन्ट– २७५ डीआई एसपीप्लस (३९ एचपी), ४१५ डीआई एसपीप्लस (४२ एचपी), ५७५ डीआई एसपीप्लस (४७ एचपी) र ५८५ डीआई एसपीप्लस (५० एचपी) मा विस्तारित मोडलहरू समावेश छन् । यसमा ६ वर्षे वारेन्टी अफरसमेत रहेको छ ।

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । ट्र्याक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरू क्रमशः जेठ ७, ८ र ९ गते क्रमशः बिर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक हुने कम्पनीको भनाइ छ ।

Share.

Comments are closed.