चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् ।

महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य कलाकारले अभिनय गरेका छन् ।

हास्यव्यंग्यमार्फत जनचेतना जगाउँदै आएको महजोडीले दुई साताअघि ‘हुण्डी’ नामको छोटो फिल्म पनि ल्याएका थिए । विदेशबाट गैरकानुनी रूपमा पैसा पठाउँदा कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको निर्माताले बताएका छन् ।

Share.

Comments are closed.