मेन्स्ट्रूअल कपबारे  हामीमध्ये धेरैलाई थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौँ होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यसलाई अझै संकुचित नजरले नै हेरिन्छ। छाउगोठमा महिलाहरूले ज्यान गुमाएका समाचार आइरहेकै छन्।

महिनावारीका बेला प्रयोग गरिने स्यानीटरी सामानहरूको पहिलोपटक वृहत वैज्ञानिक समीक्षा गरेका अनुसन्धानकर्ताहरूले मेन्स्ट्रुअल कप बनाएका छन् जसले प्याडभन्दा पनि राम्रो तरिकाले महिनावारी भएको बेला महिलाहरुलाई साथ दिन्छ। मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ तर त्यससम्बन्धी जनचेतनाचाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ।

मेन्स्ट्रुअल कप यो सिलिकनले बनेको सानो कप हो, जसलाई योनीभित्र छिराएर प्रयोग गरिन्छ। यो कप गर्भाशयभन्दा तलपट्टि योनीको भित्तामा अडिन्छ र रगत बग्न दिँदैन। रगत कपमा जम्मा हुन्छ। कपले कहिलेकाहीँ त महिनावारी भए नभएको नै थाहा हुँदैन ।

मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ। योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ।

स्यानिटरी प्याडले भन्दा मेन्स्ट्रुअल कपले धेरै रगत जम्मा गर्छ। तर त्यसलाई निरन्तर खाली गर्दै जानुपर्छ र सफा गर्नुपर्छ।

प्रयोग गर्ने तरिका

यसले प्रयोग गर्न आफ्नो शरीरलाई मिल्ने आकारको कप छान्नुपर्छ । तपाईंक् शरीरबाट कति रक्तस्राव हुन्छ भन्नेसँग यसको सम्बन्ध छैन। तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ।

कपलाई दोबार्नुस् र योनिभित्र राख्नुपर्दछ । त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ। सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ।

कपमा जम्मा भएको फोहोरलाई शौचालयमा फाल्नुस् र राम्रोसँग पखालेर सुख्खा बनाई प्रयोग गर्नु पर्छ । प्रत्येक महिनावारीका बेला कपको किटाणु मर्ने गरी त्यसलाई सफा गर्नुपर्छ ।

मेन्सट्रुअल कप स्यानीटरी प्याड भन्दा सस्तो हुन्छ। नेशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ। फाल्ने भन्दा पुन: प्रयोग गर्ने भएकाले पनि मेन्स्ट्रुअल कपलाई स्यानीटरी प्याड भन्दा पर्यावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्पको रुपमा हेरिएको छ।

विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमण लगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।

यसले स्वास्थ्यमा कुनै असर गर्दैन। प्याड प्रयोग गरेको ४ देखि ६ घन्टा अन्तरालमा परिवर्तन गरिनुपर्छ। नभए संक्रमणको सम्भावना बढ्छ। त्यसको तुलनामा महिनावारी कप धेरै गुणा राम्रो छ।

प्याड बढी समय प्रयोग गरे त्यसमा हुने रसायनले योनीमा असर गर्छ, जसले बाँझोपन वा पाठेघर क्यान्सरसमेत निम्त्याउन सक्छ । मेन्स्ट्रूअल कपमा रसायनको डर हुँदैन यसलाई सफा भने गरिरहनुपर्छ।

रगत बग्ने मात्रा हेरेर चारदेखि बाह्र घन्टाको अन्तरालमा कप सफा गरेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीपछि कपलाई कम्तिमा पाँच मिनेट पानीमा उमालेर सफा गर्नुपर्छ। सुख्खा कपलाई झोला वा बट्टामा प्याक गरेर राख्नुपर्छ। यस्तो कपको वातावरणीय फाइदा पनि छ। प्याड कुहिँदैन, कहाँ फ्याँक्ने भन्ने समस्या सधैं हुन्छ। एकपटक किनेपछि महिनैपिच्छे खर्चिने पैसा जोगिन्छ।

एकपटकको लगानी हेर्दा धेरै लागे पनि हरेक महिना प्याडमा खर्चिने पैसाभन्दा यो सस्तो पर्न आउँछ। साँच्चै भन्नुपर्दा महिनावारी कपको आर्थिक, शारीरिक, वातावरणीय सबै किसिमका फाइदै फाइदा छन् । यसले महिनावारी सहज बनाउँछ, जसले स्वतः महिलाहरुको आत्मविश्वास बढाउँछ।

Share.

Comments are closed.