मिनरल वाटर यशोशियसनका संस्थापक धर्मनन्द श्रेष्ठले पानीलाई निर्यातको रुपमा समावेश गर्न आग्रह गरेका छन् । मिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उनले भने, “पानीलाई निर्यातको रुपमा समावेश गर्न सरकारलाई पटक–पटक झकझक्याएपनि सुनुवाई भएन । यसलाई निर्यातको रुपमा समावेश गर्नुपर्छ ।” उनले आफुहरु नेपालबाट पानीको निर्यातलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर लागि परेको बताए ।

उनले भने, “पानीबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । धार्मिक रुपमा पानीको निर्यात गर्न सकिन्छ । उदाहरणका रुपमा मुक्तिनाथको पानी, लुम्बिनीको पानी, सगरमाथाको पानी भनेर पनि पानीलाई निर्यात गर्न सकिन्छ । यसबाट देशले प्रत्यक्ष फाइदा लिन सक्छ ।”

श्रेष्ठले कोभिडका कारण देश आर्थिक संकट देखिएको भन्दै अझ बढी सरकारको क्रियाकलापका कारण संकटको स्थिति देखिएको बताए । उनले ९ महिनामा २२ प्रतिशत मात्र पुँजीगत खर्च भएको भन्दै जब चालु खर्च बढाउने अवस्था आयो तब सरकार परिवर्तन हुने गरेको बताए ।

यस्तै उनले सिमित र क्षणिक नाफामा बैंकहरु रहेको भन्दै यसमा बैंकको नीति परिवर्तनको खाँचो रहेको बताए। उनले बैंकले व्यापारी तथाउद्योगी र उत्पादन गर्नेलाई समान ढंगले हेर्न नहुने भन्दै सही नीतिको खाँचो औंल्याए । अहिले बैंकको लोन तिर्न नसक्दा धेरै उद्योगी व्यवसायी निराश भएको उनको भनाई छ । उनले जबसम्म कृषिमा आत्मनिर्भर हुन सक्दैनौ तबसम्म समृद्ध नेपालकोपरिकल्पना गर्न नसकिने बताए । श्रेष्ठले वास्तविक किसानले सहुलियत नपाएको र यसमा सरकारले निरीक्षण गर्नुपर्ने बताए ।

Share.

Comments are closed.