नेपाल राष्ट्र बैंकले आगामी तीन महिनामा औसत मुद्रास्फीति बढेर १४ प्रतिशत पुग्ने अपेक्षा सर्वेक्षणको नतिजाबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएको छ।

केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सोमबार प्रकाशित गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा औसत मुद्रास्फीति बढेर १४ पुग्ने नतिजा सार्वजनिक गरेको थियो। तर, सो तंथ्याकका कारण डराइहाल्नुुपर्ने अवस्था नरहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘सहरका ३१ बजार क्षेत्रका मानिससँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरिएको हो’, उनले भने ‘जसमा ११४१ व्यक्तिको प्रतिक्रियामात्रै छ, त्यसैले डराइहाल्नुुपर्ने अवस्था छैन।’

राष्ट्र बैंकले अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्ति थपिएको जनाएको छ। यसो त मौद्रिक नीति पनि मुुद्रास्फीति कन्ट्रोललगायत सम्रथ अर्थतन्त्रलाई उकास्ने गरी आएकाले पनि उक्त अवस्था नआउने सहप्रवक्ता पोखरेलको तर्क छ। ‘अहिलेको मौद्रिक नीति सम्रग अर्थतन्त्रलाई एकदमै सपोर्ट गर्ने खालको नै आएको छ, त्यसैले मुद्रास्फीति १४ प्रतिशत पुग्ने प्रक्षेपण एउटा सर्वेक्षणमात्रै भएकाले आत्तिहाल्नुपर्दैन’, उनले भने।

यस्तै एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। सर्वेक्षणका क्रममा ९४.७% उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका थिए भने ९४.४% उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका थिए।

Share.

Leave A Reply