मेगा बैंक नेपाल लिमिटेडले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । बैंकले विभिन्न ७ जना सदस्यहरुको नाममा रहेको उल्लेखित सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।

Share.

Comments are closed.