बैंक अफ काठमाडौँ र हिमालयन बैंकले चीनमा मुद्दा जितेका छन् । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम दुई बैंकले पाउने भएको हो ।

१० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने उक्त मुद्दा लडेका कानून व्यवसायी डा. गान्धी पण्डितले बताए ।मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको चीनको चाइना रेल्वेले कम्पनीको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो भने त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बैंक अफ काठमाडौँले दिएका थिए ।

चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकबाट लिएको थियो । तर, काउन्टर ग्यारेन्टी वापत चिनियाँ बैंक चाइना कन्सट्रक्सन बैंकले दिनुपर्ने रकम नदिएपछि दुबै बैंक कानुनी प्रक्रियामा गएका थिए ।

सन् २००९ मा मेलम्ची खानेपानी आयोजना र चिनियाँ निमार्ण कम्पनी चाइना रेल्वे बीच २००९ मा ठेक्का सम्झौता भएको थियो । तर, उक्त सम्झौता २०१२ मा आएर तोडिएको थियो ।

ठेक्का तोडिएसँगै मेलम्ची खानेपानी आयोजनले बैंक ग्यारेन्टीबापतको रकम हिमालयन र बैंक अफ काठमाण्डुबाट लिएको थियो । काउन्टर ग्यारेन्टी दिएको दुबै बैंकलाई ठेकेदार कम्पनीको ग्यारेन्टी बसेको चिनियाँ बैंक कम्पनीले काउन्टर ग्यारेन्टी वापतको रकम भुक्तानी नगरेपछि बैंकहरुल अदालती प्रक्रियामा गएका थिए ।

गत शुक्रबारको फैसलाअनुसार अब नेपाली बैंकले काउन्ट ग्यारेन्टी वापतको पैसा फिर्ता पाउने बैंकको तर्फबाट उक्त मुद्दा लगेको कानुन व्यवसायी डा. गान्धी पण्डितको भनाइ छ ।

मेलम्ची खानेपानीको काउन्टर ग्यारेन्टीको रकम भुक्तानी हुने भएपछि बैंक अफ काठमाडौँले ६६.२५ करिब १ अर्ब नेपाली रुपैयाँ र हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने छ ।

Share.

Leave A Reply