नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताएका छन् ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उनको भनाइ छ । 
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका उनले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताए । 

उनले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी गरेका छन् ।  भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै उनले विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उनले भारतमा आफ्नो न्यानो स्वागत भएको बताए । 

Share.

Comments are closed.