नेपाल राष्ट्र बैंकले कोभिड – १९ का कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने घोषणा गरेका हुन्।

२०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो तर २०७६ सालमा कोरोना आएपछि ऋण बढाउनुपर्ने भएको हुँदा यसलाई राष्ट्र बैंकले स्थगित गरेको थियो ।

Share.

Comments are closed.