अर्थमन्त्री जनार्दन शर्माले तरलताको समस्यालाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने बताएका छन् । आइतबार आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सबको अवसरमा मन्त्री शर्माले मौद्रिक नीतिले अहिलेको समस्यालाई सम्बोधन गर्ने बताए ।

उनले यो बजेटले बिदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको बताए। मन्त्री शर्माले औद्योगिक, कृषि र पर्यटनमात्र नभएर सेवा क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य लिएको पनि बताए ।

उनले यो बजेट अस्थिरताबाट स्थिरतातर्फ लाने खालको भएको बताए। मन्त्री शर्माले अहिलेसम्म आइएमईले विप्रेषणका रुपमा २० खर्ब रुपैयाँ भित्र्याएको बताए । आइएमई समुहले एउटा सामान्य सोचलाई उद्योगमा परिणत गर्न सफल भएको पनि उनले उल्लेख गरे ।

Share.

Comments are closed.