यामाहा नेपालले यामाहा एमटी-१५ बीएस६ मोटरसाइकलको डेलिभरी तीव्र बनाउने तयारी गरेको छ । एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको हो ।

एमटी–१५ बीएस६ उत्पादन कार्य अन्तिम चरणमा आइपुगिसकेको र अबको केही दिनमै एमटी–१५ बीएस६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

सो नेकेड स्ट्रीट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । एमटी–१५ बीएस६ को डेलिभरीका लागि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको डार्क वारियरप्रति यामाहा नेपालले धन्यवाद समेत व्यक्त गरेको छ ।

यामाहा एमटी–१५ बीएस६ टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो ।

Share.

Comments are closed.