युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन  र फ्रान्सका नेताहरुसँग फोनवार्ता गरेकाे युक्रेनका राष्ट्रपतिको कार्यालयले मंगलबार जनाएको छ । मंगलबार उनले जर्मन चान्सलर ओलफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोसँग फोनवार्ता गरेका हुन् । 

सो फोनमा उनले पछिल्लो समयमा युक्रेनको अवस्थाका बारेमा कुराकानी गरेका थिए । उनले सो अवसरमा रुसमाथि थप नाकाबन्दी लगाउनका लागि जर्मनी र फ्रान्सका नेताहरु समक्ष आग्रह पनि गरेका थिए । जर्मन र फ्रान्सेली नेताहरुले युक्रेनका राष्ट्रपति जेलिन्स्किीलाई रुसमाथिको थप नाकाबन्दीका बारेमा आफूहरुले सोचिरहेको र थप नाकाबन्दी लगाउने बताएका थिए । 

साथै उनीहरुले युक्रेनलाई थप सहयोगका लागि पनि आस्वासन दिएको प्राप्त समाचारमा जनाइएको छ । रुसले युक्रेनमा गरेको सैन्य हमलापछि हाल युक्रेन द्वन्द्वमा परेको छ । यहाँका नागरिकलाई थप मानवीय सहयताका साथै रुसका विरुद्धमा चाल्नुपर्ने कदमका बारेमा उनीहरुका बीचका कुराकानी भएको बताइएको छ ।

Share.

Comments are closed.