रमजानमा रोजा रख्नु इस्लामहरूको ५ स्तंभहरू मध्य एक हो। हामी धेरैलाई यस पवित्र महीनामा राखिने व्रतले स्वास्थमा गर्ने फाइदा बारे कम जानकारी हुनसक्छ।

अहिले रमजानका महिना चली रहेको छ। यस दौरान इस्लाम धर्मकम अनुयायीहरूले ३० दिनसम्म सूर्योदयदेखि सूर्यास्तसम्म केहि पनि खानपान गर्दैनन्। यो महीना रोजाको खास महत्व छ। साथै  यसले स्वस्थमा पनि धेरै फाइदा पुर्याउँछ। रोजामा धेरै समयको अन्तरालमा खाना खाइन्छ जसलाई  ‘इंटरमिटेंट फास्टिंग’ भनिन्छ। यसले स्वास्थमा अनेकाैँ फाइदा प्रदान गर्दछ। ती फाइदाहरु यस प्रकार छन्:

१. हॉर्मोन, सेल्स र जीन्समा सुधार

इंटरमिटेंट फास्टिंगले शरीरमा हॉर्मोन, सेल्स र जीन्सको कार्यक्षमतामा सुधार गर्दछ। यस दौरान इंसुलिन लेवल कंट्रोल हुन्छ र सेल्स रफ्तारमा रिपेयर हुन्छन् ।

२. वजन घटाउँछ

इंटरमिटेंट फास्टिंगका कारण सरल रूपमा वजन कम गर्न सकिन्छ। भोकाे रहँदा शरीरमा पहिल्यै स्टोर भएको फैटलाइ एनर्जीको रूपमा बर्न गर्दछ। त्यस्तै, इंटरमिटेंट फास्टिंगले खाने समय पनि कम गर्दछ जसकारण शरीरलाई कम कैलोरी प्राप्त हुन्छ।

३. हृदय स्वस्थ राख्दछ

आजकल हार्ट डिजीजको खतरा धेरै बढेको छ। यस इंटरमिटेंट फास्टिंग  हृदय सम्बन्धी  बीमारीबाट बचाउँदछ। किनकी यसले ब्लड शुगर, ब्लड प्रेशर, ट्राइग्लिसराइड, बैड कोलेस्ट्रॉल आदिको लेवल कम गर्दछ।

४. स्वस्थ र तेज दिमाग

जब इंटरमिटेंट फास्टिंगका कारण ऑक्सीडेटिव स्ट्रेस, इंफ्लामेशन, ब्लड शुगर र इंसुलिन रेजिस्टेंसमा सुधार हुन्छ यसको  फाइदा  सीधा दिमागलाई मिल्दछ। दिमागकाे सेल्स स्वास्थ हुन्छन् र कार्य गर्ने एफिशिएंसी पनि बढ्दछ। 

५. क्यान्सरबाट बचाव

धेरै रिसर्चहरूले बताएका छन् कि रोजा राख्नाले  क्यान्सर जस्तो बीमारीकाे खतरा समेत कम गर्दछ, किनकी व्रतमा स्टेम सेल्सले इम्यून सिस्टम उत्पन्न गरी ट्यूमर किलिंग सेल्सको प्रोडक्शनलाई बढाउँदछ।

Share.

Comments are closed.