कुनै समय एउटा राजा थिए जसले एउटा बाँदर पालेका थिए । बाँदर सधैं राजाको साथमा हुन्थ्यो र उनको लागि स-सानो काम पनि गर्थ्यो।

एक दिन दिउँसो राजा सुतिरहेको बेला बाँदर राजाको छेउमा बस्यो र उनलाई पंखाले हम्किन थाल्यो। यसैबीचमा राजाको नाकमा झिंगा आएर बस्यो । बाँदरले उसलाई भगाउन खोज्यो । तर जति भगाए पनि झिंगा तुरुन्त आएर फेरी शरीरमा बस्थ्यो ।

झिंगा देखेर हैरान भएर बाँदरले उसलाई मार्न राजाको तरवार उठायो । झिंगा राजाको घाँटीमा बस्ने बित्तिकै उसले आक्रमण गर्यो । झिंगा त भाग्यो तर बिचरा राजा छटपटाउँदै मरे !

नैतिक पाठ: एक मूर्ख सेवकले राम्रोभन्दा हानी नै बढी गर्छ।

Share.

Comments are closed.