राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ ।

Share.

Comments are closed.