चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा ९.६८ प्रतिशतले बढेको हो । बैंकिङ प्रणालीमा तरलता अभाव, वाणिज्य बैंकसँग ब्याजदरमा प्रतिस्पर्धाका बाबजुद पनि विकास बैंकको नाफामा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका ८ विकास बैंकको नाफा औसतमा ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा नाफा ९.६८ प्रतिशतले बढेर ४ अर्ब ९३ करोड ५९ लाख ६२ हजार १९८ रुपैयाँ पुगेको छ ।

८ वटा राष्ट्रिय स्तरका बैंकमध्ये २ वटाको नाफा बढेको छ भने ६ वटाको नाफा घटेको छ । चैत मसान्तसम्म आइपुग्दा कामना सेवा विकास बैंक र ज्योती विकास बैंक बाहेकका अन्य बैंकको नाफा बढेको छ ।

गत आवको तुलनामा सबैभन्दा बढी महालक्ष्मी बैंकको नाफा ७६.९७ प्रतिशतले बढेको छ । १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउनेमा भने मुक्तिनाथ विकास बैंक छ ।

महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो आवको चैत मसान्तसम्मको तुलनामा ७६.९७ प्रतिशतले बढेर ७१ करोड ४२ लाख ८५ हजार ३९६ रुपैयाँ पुगेको छ । गत आवको समीक्षा अवधिमा बैंकको नाफा ४० करोड ३६ लाख ५ हजार रुपैयाँ थियो । लुम्बिनी विकास बैंकको नाफा २०.४९ प्रतिशतले बढेर ५१ करोड ६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड ३७ लाख ९४ हजार रुपैयाँ थियो ।

गरिमा विकास बैंकको नाफा १५.६८ प्रतिशतले बढेर ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ थियो ।

सांग्रिला विकास बैंकको नाफा १३.९३ प्रतिशतले बढेर ४० करोड ६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड १६ लाख ७४ हजार रुपैयाँ थियो । साइन रेसुङ्गा विकास बैंकको नाफा ८.१२ प्रतिशतले बढेर ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा ४४ करोड ८३ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

मुक्तिनाथ विकास बैंक नाफा १ अर्ब रुपैयाँभन्दा बढी भए पनि गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १.४९ प्रतिशत मात्रै नाफा बढेको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको नाफा १ अर्ब २ करोड ६ लाख २७ हजार ५० रुपैयाँ नाफा छ भने गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५६ लाख ३० हजार ९२ रुपैयाँ थियो ।

यस्तै ज्योति विकास बैंकको नाफा पनि १४.४० प्रतिशतले घटेर ५१ करोड ५७ लाख ३२ हजार ३५५ रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको नाफा ६० करोड २५ लाख १२ हजार ९२७ रुपैयाँमा सीमित भएको छ । कामना सेवा विकास बैंकको नाफा १३.९५ प्रतिशतले घटेर ५० करोड ४५ लाख ३३ हजार ४०३ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५८ करोड ६१ लाख ५६ हजार ३८५ रुपैयाँ रहेको थियो ।

Share.

Comments are closed.