नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीईओहरुसँग आकास्मिक छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा.प्रकाश श्रेष्ठ र र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी भएका थिए ।

बैठकमा सुपरिवेक्षण विभागका प्रमुख ढकालले बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भन्दा बढी पुर्याएको र यसलाई सीमामा ल्याउन आग्रह गरेका थिए । अनुसन्धान विभागका प्रमुख श्रेष्ठले शोधानान्तर घाटा अत्याधिक बढेको तथा अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने भएको हुँदा गाडी आयातको एलसी रोक्न आग्रह गरे ।

शोधानान्तर घाटा कहालिलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै डुब्न लागेको अर्थतन्त्र बचाउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको बैंकरहरुको बुझाइ छ ।

राष्ट्र बैंकको यो निर्देशनपछि अत्यावश्यकबाहेकका वस्तुको आयात लगभग ठप्प हुने अवस्था आएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ७० अर्बजतिको गाडी र यसको पाटपुर्जा आयात भएको छ ।

Share.

Comments are closed.