नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत २०० डलर साट्न पाउने भएका छन्। केन्द्रिय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै २०० डलरसम्मको मात्रै सटहि सुविधा उपलब्ध गराउने बताएको छ।

केन्द्रिय बैंकले मनिचेञ्जरहरुलाई निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नागरिकले राहदानी वापत २०० अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्न सक्ने जनाएको छ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा विदेशी मुद्रा जोगाउन केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि बैंकहरुमार्फत १५०० सम्मको सुविधा पाइन्थ्यो।

Share.

Comments are closed.