नेपाल राष्ट्र बैंकले गोल्डम्यान इन्भेस्टमेन्ट कम्पनीको बैंक खाता रोक्का गरेको छ । राष्ट्र बैंकले चैत तेस्रो साता सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै उक्त कम्पनीको नाममा रहेको खाता बन्द गर्न निर्देशन दिएको हो । कम्पनीले १० वर्षमा १०० गुणा प्रतिफल दिने भन्दै सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिरहेको थियो ।

कम्पनी खोलेर निश्चित अवधि तोकेर नै १०० गुणा प्रतिफल दिने भन्दै प्रचार गरेपछि धितोपत्र बोर्डले के आधारमा कम्पनीले उक्त प्रतिफल दिन सक्छ प्रश्न उठाएको थियो ।

Share.

Comments are closed.