नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिन,९१ दिन,१८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलवार जारी हुने यस ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैैंकले २८ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

यस ट्रेजरी बिल २०७९ बैशाख २० गते परिक्व हुनेछ । त्यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गरिने छ । यस बिल २०७९ असार २१ गते परिपक्व हुनेछ । १८२ दिनको लागि १० अर्ब बराबरको ट्रजरी बिल जारी गरिने छ । यसबिल भने २०७९ असोज १८ गते परिपक्व हुनेछ ।

त्यसैगरी १ वर्षको लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुनेछ । यस ट्रेजरी बिल २०७९ चैत २१ गते परिपक्व हुने बताईएको छ ।

Share.

Comments are closed.