रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा राम्रो व्यापार गरिरहेको सो स्मार्टफोन ब्रान्डले दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रोपनि सार्वजनिक भएको छ ।

रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नविनता अपनाएको छ ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० % चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै फ्री डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक गरिएको हो।

Share.

Comments are closed.