विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको समार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरीज अन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ।

नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज गने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उत्साहीहरुको मन जित्नेछ।

त्यसैगरी रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि ल्याउँदैछ।

रियलमी नार्जो ५० फ्लागसिप स्तर ५० एमपी क्यामेराको साथ सबैभन्दा स्टाइलिस एन्ट्री लेभल फोन हुनुका साथै नार्जो सिरिजअन्तर्गत् यो स्मार्टफोन टिकाउ र गुणस्तरीय हुनेछ।

रियलमी नार्जो ५० सबैभन्दा शक्तिशाली प्रोसेसर हेलियो जी९६ साथमा आउनेछ। यसले पछिल्लो जी८५ भन्दा ४२% कार्यसम्पादन वृद्धि देखाउँछ।

विश्वव्यापी रुपमा युवा खेलाडीलाई सबैभन्दा सहज डिस्प्ले प्रदान गर्न नार्जो ५० ले १८० हर्ज टच नमुना दर र १२० हर्ज रिफ्रेस रेटका साथ ६.६ इन्च स्क्रिन अपनाएको छ। रियलमी नार्जो ५० मा मेगा ५००० एमएएच् ब्याट्री रहेको छ। जसको साथमा नन–स्टप प्रयोगको मजा लिन सकिनेछ। सुपर पावर बचत मोडले आकस्मिक (ईर्मजेन्सी) ब्याट्री प्राप्त गर्न मद्दत गर्दछ।

रियलमी नार्जो ५० दुई आकर्षक रङहरु स्पिड ब्लाक र स्पिड ब्लु साथमा दुई स्टोरेज भेरियन्टहरु ४जीबी प्लस ६४जीबी र ६जीबी प्लस १२८जीबी उपलब्ध हुनेछ।

Share.

Comments are closed.