सेयर कारोबार ‘फ्लोर सिट’ हेर्न नपाईने भएको छ । अवधिभर लगानीकर्ताले अब कारोबारको रियल टाइममा फ्लोर सिट हेर्न नपाउने भएका हुन् । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई ‘फ्लोर सिट’ हेर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

हाल कारोवार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको थियो । तर उक्त विवरण हटाउन बोर्डले निर्देशन दिएको हो ।

धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम ९४० को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।

कोरोना महामारीको समयमा धितोपत्र दलाल व्यवसायी ब्रोकरहरुको कार्यालयमा बन्द भएको स्किृन एक्जिविसन रुम खुला हुने भएको छ । धितोत्रप बोर्डले ब्रोकर कम्पनीलाई उक्त रुम खोल्न निर्देशन दिएको हो ।

कोरोनाको समयमा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भनेर स्क्रिन एग्जिविशन कक्ष बन्द भएको हो । हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको छ ।

Share.

Comments are closed.