रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७८–७९ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ।

 फाइनान्सले यस त्रैमासमा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ८ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । सो विवरण अनुसार कम्पनीको खुद नाफामा ५६ प्रतिशतले गिरावट आएको छ।

फाइनान्सले ६ अर्ब २५ करोड निक्षेप संकलन गरेर ५ अर्ब ११ करोड कर्जा विस्तार गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १८ करोड ६१ लाख रहेको छ। त्यसैगरी सञ्चालन मुनाफा १९ करोड १ लाख रहेको छ। कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ७९ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड रहेको छ । जगेडा कोषमा २० करोड १३ लाख रुपैयाँ रहेको छ। फाइनान्सको निष्कृय कर्जा अनुपात ३.६९ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा १.८८ प्रतिशत रहेको थियो। कम्पनीको प्रति सेयर आम्दानी ४.८५ रहेको छ। त्यसैगरी नेटवर्थ रु १२१.७० रहेको छ।

Share.

Comments are closed.