संयुक्त राष्ट्र संघको महासभाले रुसलाई मानवअधिकार परिषद्बाट ९३–२४ मतद्वारा निलम्बन गरेको छ। उक्त सभामा ५८ देशले भाग लिएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा मस्कोको आक्रमणको प्रतिक्रियास्वरूप रुसलाई मानव अधिकार परिषद् (एचआरसी) बाट निलम्बन गर्ने राष्ट्रसंघको महासभाको मतदानको प्रशंसा गरेका छन्।

रुसको मानव अधिकार परिषद्मा कुनै स्थान नभएको उनले बताएका छन्। “आजको ऐतिहासिक मतदान पछि, रूसले काउन्सिलको काममा भाग लिन वा त्यहाँ आफ्नो विकृति फैलाउन सक्षम हुनेछैन किनकि काउन्सिलको आयोगले युक्रेनमा रसियाले गरेको मानवअधिकारको उल्लङ्घन र दुरुपयोगको अनुसन्धान गरिरहेको छ,” उनले थपे।

फेब्रुअरी २४ मा, रसियाले युक्रेनमा “सैन्य अपरेशन” सुरु गरेपछि पश्चिमबाट दर्जनौं प्रतिबन्धहरू लगाइयो।

रुसी रक्षा मन्त्रालयले यो अभियान युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको बताएको छ । तर, युक्रेनले रुसमाथि सर्वसाधारणको हत्या र मानवताविरुद्ध अपराध गरेको आरोप लगाएको छ ।



				
		
		
		
	
Share.

Comments are closed.